Nijgadh airport

5

Last year in this very sub I was called a tree hugging idiot for advocating against the airport, here read this everyone…..

–विमानस्थल ✈️🛩🛬🛫बनाउन भनेर रूख 🌲🌳🌵🌿काट्नुपूर्व याे पनि पढाैँ–

सन् २००९ सम्म श्रीलङ्कामा🇱🇰🇱🇰 बन्धरनायके अन्तर्राष्ट्रिय विमानस्थल मात्र सञ्चालनमा थियो। एउटा मात्र विमानस्थलले यात्रुको भार थेग्न नसकेपछि नयाँ विमानस्थल बनाउने निर्णय भयो। श्रीलङ्काका राष्ट्रपति साथै ‘श्रीलंका फ्रिडम पार्टी’ का अध्यक्षसमेत रहेका महिन्द्रा राजापाक्षेले उक्त विमानस्थल आफ्नो चुनावी क्षेत्र मट्टलामा बनाउने घोषणा गरे । श्रीलंकाको राजधानी कोलम्बोदेखि २५० किमी दुरीमा बन्ने यस विमानस्थल ‘मट्टला राजापाक्षे अन्तरर्राष्ट्रिय 🛬🛫✈️विमानस्थल’ भनेर नामकरण गरियो ।

चिनियाँ🇨🇳 सरकारको आर्थिक सहयोगमा विमानस्थलको निर्माण सुरु भयो । विमानस्थल बनाउन २००० एकडमा फैलिएको जंगल🌳🌳🌳🌳 फँडानी गरियो । विमानस्थल बनाउँदा प्राकृतिक रूपमा ठूलो क्षति भयो । दर्जनौँ चराचुरुङ्गी, वनस्पति लगायत २०० भन्दा 🦏🐘🐘🦏🕊🐦🐧🦅बढी हात्तीहरूलाई विस्थापित गरियो । २०९ मिलियन अमेरिकी डलरमा यस विमानस्थल निर्माण पूरा भयो ।

सन् २०१३ देखि यस विमानस्थलबाट उडान सुरु भयो । सुरुका दिनमा दैनिक रूपमा उडान हुने यस विमानस्थलमा बिस्तारै उडानको संख्या घट्दै गयो । अहिले यस विमानस्थलमा उडान सातामा एक–दुई पटक मात्र हुन्छ । साथै यात्रुको संख्या १०/१५ मात्र छ । यात्रुको अभावले दैनिकरूपमा उडान सञ्चालन गर्न सङ्घर्ष गरिरहेको यस विमानस्थलको चेक डेस्क, प्रस्थान बोर्ड, किचन लगायत सम्पूर्ण कार्यालयहरू प्रभावकारी रूपमा सञ्चालनमा नभएको वर्षौँ भयो ।

विमानस्थल क्षेत्रमा वन्यजन्तुहरूले उडानमा समस्या उत्पन्न गर्ने गरेकाले पुलिस लगायत अन्य मानिसहरूको सहायताले नियमित रूपमा हटाउनुपर्ने अवस्था छ । उडान भएका हवाईजहाजहरू मयुर लगायत अन्य चराचुरुङ्गीहरूसँग ठोकिएर कति पटक त आपतकालिन अवतरण पनि गरिएको छ । सञ्चालनमा नभएको कार्गो टर्मिनललाई विमानस्थलले धान भण्डारका लागि लिजमा दिएको छ । वर्षेनि मट्टला राजापाक्षे विमानस्थलले १८ मिलियन अमेरिकी डलर बराबरको नोक्सान खेपिरहनु परेको छ ।

सञ्चालनमा नभएको यस यात्रुविहीन विमानस्थललाई ‘घोष्ट एयरपोर्ट’ पनि भनिन्छ । नेपालमा पनि निजगढ, पोखरा साथै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माणाधीन अवस्थामा छन् । यात्रु साथसाथै विमानको चाप निउन भएको नेपाल जस्तो सानो देशमा अन्य ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा ‘घोष्ट एयरपोर्ट’ को संज्ञा दिनुपर्ने परिस्थिति आउन सक्छ ।

यी सबै विमानस्थल पूरा भएको खण्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालमा ४ वटा अन्तर्राष्ट्रिय विमानस्थल हुनेछन् । के नेपालले यी सबै विमानस्थलको भार थाम्न सक्ला त ? के नेपालजस्तो सानो देशमा ४ वटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छन् ? यी विमानस्थल ‘👹😈👺✈️🛬🛩घोष्ट एयरपोर्ट’ त बन्दैनन् ? यी आजका यक्ष प्रश्न हुन् ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साथै अन्य आन्तरिक विमानस्थलको अवस्था हेर्दा ४ वटा नै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने राज्यको क्षमता नभएको अनुभूत गर्न सकिन्छ । त्यसैले यी विमानस्थलहरू ‘घोष्ट एयरपोर्ट’ नबन्लान् भन्न सकिन्न । यी सबै विमानस्थलहरू मध्ये निजगढ विमानस्थल ‘घोष्ट एयरपोर्ट’ बन्ने खतरा अधिकतम छ ।

निजगढ विमानस्थल नेपालको सबैभन्दा ठूलो साथै विश्वको चौथो ठूलो विमानस्थल हुने भएकाले खतरा अधिकतम भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र यात्रु साथै पर्यटकको भार थेग्न नसकेकाले ०५१ साल राज्यले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेको थियो । २५ वर्ष अगाडि बनाइएको योजना अहिले पनि कार्यकर छ त भन्ने प्रश्न पनि खडा हुन्छ । कार्यकर मात्र नभएर यस योजनाका लागि लगानी साथै विमानस्थल बनाउँदा हुने क्षतिपूर्ति कसरी गर्ने भन्ने कुरामा पनि ध्यान दिन आवश्यक छ ।

नेपालको आन्तरिक विमानस्थलहरूको हालको अवस्था हेर्ने हो भने ४९ वटा विमानस्थल मद्धे ४१ वटा विमानस्थलहरू घाटामा छन् । डोटी, जिरी, रोल्पा, डोल्पा लगायत अन्य १६ वटा विमानस्थलहरू यात्रुको अभावले 🛩✈️🚫🚫बन्द छन्। नेपाल एयरलाइन्सको अवस्था पनि उस्तै छ। जापानको ओशाकामा बिना यात्रा उडान गर्दा राज्यलाई कति घाटा हुँदैछ होला ?

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था झनै नाजुक छ । सिड्नीका आप्रवासी खेम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर ‘भाइरल’ भएको हिजो मात्र जस्तो लाग्छ । त्रिभुवन विमानस्थल एसियाकै दोस्रो खराब र जोखिमपूर्ण 🚫🚫✈️🛩विमानस्थलमा पर्छ । त्रिभुवन विमानस्थलजस्तो सानो विमानस्थल हुँदा त यस्तो अवस्था छ भने निजगढजस्तो ठूलो विमानस्थलको अवस्था के होला ? वास्तवमा राज्यले देशमा भएको विमानस्थल नै राम्रोसँग व्यवस्थापन गर्न सकेको छैन ।

हालको योजना अनुसार निजगढ विमानस्थल कुल ८००० हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ । यस विमानस्थल बनाउँदा २४ लाख रुख काट्न आवश्यक छ। रुख फडानीले गर्दा वनस्पति साथै दर्जनौँ जनावर, चराचुरुङ्गी, पुतली,सरीसृपहरू विस्थापित हुनेछन् । श्रीलंकाको मट्टला राजपक्ष अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा विस्थापित जनावरहरूले उद्दण्डता नमच्चाउलान् भन्न सकिन्न ।

साथै विमानस्थल बन्ने स्थानमा टाँगिया बस्तीको बसोबास पनि छ । विमानस्थल बनाउँदा प्रत्यक्ष असर पर्ने यस बस्तीका १५०० घर 🏡🏡🏠🏘🏘परिवारलाई कहाँ ? कसरी ? व्यवस्थापन गर्ने भन्ने विस्तृत योजना (डी.पी.आर) सरकारसँग छैन । यत्रो वनस्पति साथै जीवजन्तुको तिलाञ्जली दिएर पनि निजगढ विमानस्थल ‘घोष्ट एयरपोर्ट’ भयो भने के गर्ने ?

नेपालमा अन्तर्राष्ट्रियविमानहरू 🇮🇳🇮🇳भारत हुँदै आउने एउटा मात्र हवाई रुट छ । त्यसैले ४ वटा विमानस्थल बनाउँदा झन् धेरै समस्याहरू सिर्जना हुने देखिन्छ । यात्रुको अभावले विमानस्थल नै बन्द 🚫🚫गर्नु पर्ने अवस्था पनि सिर्जना हुन् सक्छ ।

चितवनमा हरेक वर्ष चितवन राष्ट्रिय निकुञ्जबाट वर्षेनि एक अर्ब 💸💷💸आम्दानी हुन्छ । चितवनमा झैँ निजगढमा पनि इको टुरिजम, जिओ टुरिजम, सफारी, जङ्गल 🏇🏇🧗‍♀🧗‍♂टुरिजम लगायत अन्य किसिमका टुरिजमहरूलाई प्रोत्साहन गर्ने हो भने मात्रै निजगढको औचित्यलाई न्याय गर्न सकिन्छ । यसो गर्न सके निजगढ क्षेत्रलाई👽☠️🛬🛫✈️🛩 ‘घोष्ट एयरपोर्ट’ बन्नबाट 🚫🚫बचाउन सकिन्छ । अनन्त्य Via onlinekhabar🙏

Comments are closed.